11 Jul 2026

माथिल्लो भुरुन्दी–ए को पिपिए सम्पन्न, मंसिरदेखि निर्माण सुरु हुने

कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ९ मा पहिचान भएको ४.५ मेगावाटको माथिल्लो भुरुन्दी–ए जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । निको इनर्जी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् किन्ने सम्झौता भएको हो ।

प्राधिकरणले आयोजनाको विद्युत् प्रतिमेगावाट हिउँदमा ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको कम्पनीका प्रबन्ध सञ्चालक कर्मराज तामाङले बताए । Details:

Go To Top